रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार २ गते १४:२३ मा प्रकाशित

रौतहट,२ असार– रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका– ५ का स्थानीय अरुण साह र सितावी पण्डित रहेका छन ।

बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर उनी हरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

स्थानीय अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले बताएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा अरुण साह र सिताबी पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन ।

उनले भने, ‘अरुण साहलाई करेन्ट लागेको देखेपछि नजिकै पसलमा रहेका सिताबी पण्डित उनलाई बचाउन गएका थिए, ’उपचारका क्रममा मृत्यु भएका दुवै जनाको शव पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us