
विदुर, ३१ जेठ– नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाण्डुतर्फ लैजाँदै गर्दा ४४ वर्षीय वडा अध्यक्ष लामाको आज बिहान निधन भएको हो ।
उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आएका थिए । २०८९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा लामा कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य रहेका थिए ।
लामाको निधनमा आज ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिने कार्यपालिका आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी जानकारी दिएकाम छन ।