
काठमाण्डु,२५ जेठ– मोरङ सडक दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन । आज (बिहीबार) पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगोजनी गरेका हुन ।
मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।
ठक्करबाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले जानकारी दिएका छन ।
चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।