कृषि अनुदानमा करोडौं हिनामिना भएको छ: दीपक सिंह

काठमाण्डु टुडे २०८० जेठ २५ गते १७:२१ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– राप्रपाका सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको आरोप लगाएका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरेका छन । उनले भने, ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’ ।

उनले कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको बताएका छन । उनले भने, ‘त्यो अनुदान कृषि अनुदान दुरुपयोग भइराखेको छ ।

प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस्’ ।

उनले अनुदानमा मुछिएको पाइएको खण्डमा मन्त्री र सांसदहरुलाई समेत कारबाही गर्नु सरकार सँग माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us