इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाण्डु टुडे २०८० जेठ २५ गते १७:१४ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे पउपसभामुख इन्दिरा रानाले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गरएकी हुन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।

एमालेका प्रमुख सचेतक पदम गिरीले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानालाई आज इलाममा आक्रमण गर्ने प्रयास भएको बताउँदै घटनाको यथार्थ विवरणका बारेमा गृहमन्त्रीले संसद्मा जानकारी नगराए भोलिदेखि संसद् चल्न नदिने चेतावनि दिएका थिए ।

साथै उदयपुरमा पनि कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि पनि आक्रमणको प्रयास भएको उनले बताएका छन । बजेटमाथिको सामान्य छलफलका क्रममा सांसदहरुले रणनीतिक महत्वका विषयमा ध्यान दिन र पर्यटन उद्योगलाई केन्द्रिकृत गर्न सुझाव दिए ।

अधिकांश सांसदहरुले सार्वजनिक खरिद ऐनलाई टेकेर निर्वाचन पूर्वाधार क्षेत्र कार्यक्रमको बजेट खर्च गरिनुपर्ने भन्दै एउटा पालिकामा एउटा स्मार्ट विद्यालयको कार्यक्रम बजेटमा राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us