काठमाण्डु महानगरका मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाण्डु टुडे २०८० जेठ २५ गते १५:२१ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो ।

त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा रखेका हुन ।

यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो । मेयर शाह यतिबेला भारत भ्रमणमा रहेका छन ।

मेयर शाह भारत जानु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो, ‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ, मेयर शाह बस्ने कुसीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।’ यस्तै कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us