चुरे नछुनुहोला, देशमा आगो बल्छ: रघुजी पन्त

काठमाण्डु टुडे २०८० जेठ २५ गते १५:०६ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई आग्रह गरेका छन ।उनले सरकाले चुरे चलाए देशमा आगो बल्ने चेतावनी दिएका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले यस्तो बताएका हुन ।

उनले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताएका छन । उनले भने, ‘ नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ’, उनले अगाडि भने, ‘चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ ।’

उनले प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us