समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन: गुरुङ

काठमाण्डु टुडे २०८० जेठ २५ गते १४:५१ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– एमाले सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०र८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको बताएका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै उनले यस्तो बताएका हुन ।

उनले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको बताएका छन ।

उनले कर प्रणालीमा प्रभावकारी सुधार नभएको भन्दै यसरी राष्ट्रिय पुँजीको विकास हुन नसक्ने बताएका छन । उनले मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न बजेटले आवश्यक विषय समेटन नसकेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us