विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्छ: लिङ्देन

काठमाण्डु टुडे २०८० जेठ २५ गते १४:४० मा प्रकाशित

काठमाण्डु,२५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका छन ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले विद्युतीय सवारी साधनको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका छन ।

उनले आर्थिक वर्ष २०८०र८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताएका छन । उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको बताएका छन ।

उनले करको दर र दायरा जथाभाबी रुपमा बढाउने काम गरिएको बताएका छन । उनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिएका प्रधानमन्त्रीहरुले खालि भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताएका छन ।

उनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट रहेको बताएका छन । तर विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us