
काठमाण्डु,२५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन ।
(बिहीबार) पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले प्रधानमन्त्री प्रचण्डलाई दुर्योधनसँग दाँज्दै प्रचण्ड पथको कुनै उद्देश्य र गन्तव्य नभए पनि सत्ता जोगाउने योजना मात्र रहेको बताएका छन ।
उनले प्रचण्डलाई सत्ता लोलुप र लेण्डुप दोर्जेसँग पनि तुलना गरेका छन । उनले भने, ‘देशको माया नभएको कायर सत्ता लोलुपहरुलाई देशको माया र चिन्ता हुँदैन’ ।
‘गीताको पुस्तक लिएर हलो जोत्न गयो भने गोरुले थाहा पाउँदैन । किताब किन देखाएको भन्ने ज्ञानगुन उसले ग्रहण गर्दैन । लौरो देखायो भने अलिकति छिटो हिँड्छ’, उनले भने, ‘किनभने उसले लौरो बुझ्छ गीता, वेद, बाइबल र कुरान बुझ्दैन ।’
उनले देशको अवस्था भयावह भए पनि प्रचण्ड जानी बुझी शासन लम्ब्याउनेबाहेक कुनै चिन्ता र चासो नरहेको पनि बताएका छन । उनले भने, ‘जसरी भए पनि सत्ता प्राप्त गर्ने, त्यसका लागि जहाँ जे जसरी ।
गेरुबस्त्र भिरेर, भैँसी पुजेर, रुद्राक्ष बोकेर, सेतो वस्त्र लाएर बाउको क्रिया बस्दा छोरो पनि मारेकै हो’ शासनमा लुब्ध दुर्योधन पनि त्यस्तै थियो तर उ स्वाभिमानी थियो ।
यो चाहिँ प्रचण्ड पथ हो । प्रचण्ड पथ प्रचण्ड छउन्जेल रहिरहन्छ । यो भनेको गन्तव्य र उद्देश्य नभएको सत्ता स्वार्थ मात्र भएको हो ।’