भारतलाई महामन्त्री थापाको जवाफ: नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ

काठमाण्डु टुडे २०८० जेठ २५ गते १४:०० मा प्रकाशित

काठमाण्डु,२५ जेठ– कांग्रेस महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार पर्ने बताएका छन ।

आज (बिहीबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन’ ‘यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्दैन, सोच्नु पनि हुन्न ।

उनले नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको बताएका छन । साथै भोलि सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पु¥याउँछ भनेर अनुमान गर्ने र त्यसका अधारमा पोजिसन बनाउन जरुरी नभएको उनले बताएका छन ।

महामन्त्री थापाले अघि भने, लिम्पियाधुरा लिपुलेक हाम्रो भूमि हो, भारतले फिर्ता गर्नुपर्छ भन्ने पार्टीको धारणा हो ।’ उनले अखण्ड भारतको नक्साबारे सोधिएको प्रश्नमा उनले यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताएका छन ।

उनले कुनै बेलामा नेपालको सीमा पनि धेरै बदलिएको भन्दै भने, ‘यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ, ‘सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्छ ।’ त्यो बेला भारतले पनि सहजतापूर्वक लिनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us