नागरिकता नपाउनुको पीडा मलाई साँच्चै नै थाहा छ: रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ २५ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो ।

त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताएका छन ।

आज (बिहीबार) कसेको प्रतिनिधि सभामा बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन ।

उनले सदनमा छलफलमा ल्याएको भए विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन पाइने भनाइ आफूहरुको रहेको लामिछानेले बताएका छन ।

उनले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ ।’

उनले आफूहरुलाई राजनीतिको कुनै सरोकार नहुँदा र भोट बैंकको आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितको विषयमा आफूहरु मधेशी जनताको पक्षमा उभिएको बताएका छन । उनले भने, ‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ ।

साँच्चै नै छ ‘जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’

उनले नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको बताएका छन ।

उनले भने, ‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us