
काठमाण्डु,२५ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश दिएका छन ।
नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै कांग्रेस सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्यो राति तब ‘ ‘भन्ने उखान सुनाएका थिए ।
उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन ।