
काठमाण्डू, २४ जेठ–कैलालीमामोटरसाइकल पछाडि सवार एक महिलाको मृत्यु भएको छ ।
भजनी नगरपालिका –८ की ५० वर्षीया जानकीदेवी डगौराको मोटरसाइकलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
डगौरा सोही ठाउँका ओमप्रकाश डगौराले चलाएको बा५६प४६२१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।