
काठमाण्डु ,२१जेठ- विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ।
आइतबारको बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग साटफेर गर्न सकिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विरोध गरेका थिए ।
विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए।
संसद् सचिवालयले सोमबार बिहान ११ बजे बैठक बस्ने सूचना प्रकाशित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको थियो।