
काठमाण्डु,२१ जेठ- विपक्षी दलबाट प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछी नियमित सञ्चालन गर्न सभामुख देवराज घिमिरेले पहल थालेका छन् ।
आज बिहान ११ बजे बसेको बैठक नियमित कार्यसूची प्रवेश गर्न नपाई विपक्षी दलबाट अवरुद्ध भएपछि सभामुख घिमिरेले सत्तापक्ष दलका प्रमुख सचेतकसँग अनौपचारिक छलफल थालेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष ३ दलले राष्ट्रपतिबाट निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्णपाठ नआउँदै कैदीलाई आम माफी दिएको विषयमा विरोध जनाएका थिए ।
३ दलले बैठक अवरुद्ध गरेपछि १ घण्टाका लागि बैठक स्थगित गरेका सभामुखले प्रधानमन्त्री प्रचण्डलाई संसदमा उपस्थित गराउने विषयमा सत्तापक्षका प्रमुख सचेतकसँग अनौपचारिक छलफल गरिरहेका हुन् ।