
काठमाण्डू १५ जेठ– सरकारले परराष्ट्र मन्त्रालयको लागी ७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले परराष्ट्र मन्त्रालयको लागी ७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराएका हुन ।