अत्यधिक गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

काठमाण्डु टुडे २०८० जेठ २१ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २१ जेठ- सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ ।

गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ ।

हाल सञ्चालित परीक्षाहरु भने यथावत् रहनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us