
काठमाण्डु ,२१ जेठ- नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
जिल्ला अदालत काठमाण्डुले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो। जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पठाउने तयारी गरेको हो।
यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । बलात्कारको आरोप लागेका लामिछाने प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण रोकिएका थीए।
उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको हो।
‘