प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

काठमाण्डु टुडे २०८० जेठ २१ गते १३:०२ मा प्रकाशित

काठमाण्डु ,२१ जेठ- विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टा स्थगित भएको छ ।

आइतबार बसेको बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले उठेर बैटक अवरुद्ध गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका हुन।

सभामुख देवराज घिमिरेले यथास्थानमा बसेर बैठक सन्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us