
काठमाण्डु, २१ जेठ- प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ ।
नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका हुन। प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
विरोध पछि अहिले बैठक अवरुद्ध भएको छ ।प्रतिपक्षमा रहेका रहेका दलहरूले केही दिनअघि राष्ट्रपति रामचन्द्रपौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद अवरूद्ध गरेका हुन् ।