घनश्याम भुसाललाई पितृशोक

काठमाण्डु टुडे २०८० जेठ २१ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, २१ जेठ- नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ ।

उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भए बताएको छ। भुसालका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us