
काठमाण्डु,२१ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस हुँदैछ।
आइतवार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई हो ।आइतबार बिहान उक्त प्रकरणमा आरोपी हरुलाई जील्ला अदालत काठमाण्डुमा उपस्थित गराइएको छ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको हो । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु हुन लागेको हो ।
सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, सुरक्षाविज्ञ ईन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ गरिसकेको छ।
उनीहरू सबैको गत शुक्रबार बयान लिन सकाएको थियो। बयान सकेसँगै आजबाट थुनछेक बहस हुन लागेको हो।सरकारी वकिल कार्यालय काठमाण्डुले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।