मेरो भारत भ्रमण विगतको भन्दा फलदायी भयोः प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ २० गते १९:५५ मा प्रकाशित

काठमाण्डु, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल र फलदायी भएको दाबी गरेका छन् ।

चार दिने भारत भ्रमणबाट फर्कने क्रममा शनिबार त्रिभुवन विमानस्थलमा उनले भ्रमण विगतको भन्दा परिणामुखी भएको बताए । ‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ । कामकाजी भएको छ’, उनले भने, ‘आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको छ ।’

भारत जानुअघि आफूले सोचेजस्तै भ्रमण भएको पनि उनले उल्लेख गरे । भ्रमणका क्रममा केही महत्वपूर्ण र दुरगामी समझदारी भएको प्रधानमन्त्रीले बताए । भ्रमणले दुई देशको राजनीतिक नेतृत्वका बीचमा विश्वासको वातावरण बनेको उल्लेख गरे ।

‘पहिला विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us