प्रचण्डविरुद्ध प्रदर्शन गर्ने ११ पक्राउ

काठमाण्डु टुडे २०८० जेठ २० गते १९:१० मा प्रकाशित

काठमाण्डु, २० जेठ– चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रदर्शन गर्ने ११ जना पक्राउ परेका छन् ।

प्रधानमन्त्री भारतबाट फर्कने क्रममा सडकमा प्रदर्शन गरिहरेका बेला उनीहरुलाई प्रहरीले शनिबार साँझ सिनामंगलबाट पक्राउ गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १७ जेठमा दिल्ली पुगेका प्रधानमन्त्री शनिबार साँझ स्वदेश फर्किएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us