स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ २० गते १९:०६ मा प्रकाशित

काठमाण्डु, २० जेठ– चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

प्रचण्ड शनिबार साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको उडानबाट नेपाल उत्रिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै १७ जेठमा दिल्ली पुगेका थिए ।

भारत बसाइका क्रममा प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, मोदीका सुरक्षा सल्लाहकार अजित डोबल, विदेश सचिव विजयमोहन क्वात्रासहितका अधिकारीसँग भेटेका थिए ।

बिहीबार मोदीसँग भएको भेटमा नेपाल–भारतबीच विद्युत व्यापारसहित विभिन्न विषयमा लिखित सम्झौता भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us