
काठमाण्डु,२० जेठ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार र आपत्तिजनक भएको बताएका छन ।
थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताएका छन् । ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो।
भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ।यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्,दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैर जिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’ उनले भनेका छन।