
काठमाण्डु ,२० जेठ- चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली आज नेपाल फर्किँदैछन्।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारथीए विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रचण्डसहितको टोलीलाई बिदाइ गरेकी हुन्।
प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको जहाजबाट कााठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६ बजे अवतरण गर्ने सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत गएका थीए । प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री लेखीले नै स्वागत गरेकी थिइन्। प्रधानमन्त्री ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए।