सहकारी पीडितको वचत फिर्ताको माग राख्दै काठमाण्डुमा विरोध प्रदर्शन

काठमाण्डु टुडे २०८० जेठ २० गते १७:१४ मा प्रकाशित

काठमाण्डु, २० जेठ-सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै काठमाण्डुको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, वचतकर्ता रकम अविलम्व फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर लगायतको माग राखेका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us