

काठमाण्डु ,१९ जेठ- नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ।
पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ । वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो।
सोही अनुसारर केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।