म्याद थप गर्न अदालत लगीएको थुनुवाले सरकारी वकिलको कार्यालयमै गरेआत्महत्या प्रयास

काठमाण्डु टुडे २०८० जेठ १४ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १४ जेठ- मोरङ जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै एक जना थुनुवाले आत्महत्याको प्रयास गरेका छन् ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हतकडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।

सरकारी वकिलको कार्यालय गम्भीर घाइते भएका नेपाली लाई कोशी अस्पताल लगीएको तर कोशीमा उपचार सम्भावना नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us