
काठमाण्डु, १३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्व र दलहरुको कमजोरीको कारणले जनतामा असन्तुष्टि र निराशा बढिरहेको बताएका छन्।
शनीबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले देश यस्तो बताएका हुन। उनले भने हिजो हामी जतिबेला विस्तृत शान्ति सम्झौता गर्दै थियौं। संविधानसभाको निर्वाचन गरेर नयाँ संविधान निर्माण गर्दै थियौं।
त्यतिबेलाको जनताको भरोसा र हामीप्रतिको आशा अहिले विचलित हुँदैछ। र कहीँ न कहीँ असन्तुष्टि र निराशा बढ्दो छ। त्यसले कतै अराजकतातिर जाने र देश अप्ठ्यारोतिर जाने त होइनरु भन्ने चिन्ता पनि हामी सबैलाई भएको छ’, उनले भने।
उनले आजको दिनमा आफ्नो चिन्ता, चासो र पहलकदमी फेरि कसरी एकपटक राष्ट्रिय एकता र सहमतिको वातावरण बनाउनेरु भन्नेमा रहेको बताए।उनले भने, ‘अहिले देशका अगाडि विद्यमान सुशासनका समस्या, भ्रष्टाचार लगायतका विकृति र विसंगतिका विरुद्ध कसरी सामूहिक रुपले अगाडि जाने, समृद्धिको नयाँ मोडल कहाँबाट पत्ता लगाउने र सामाजिक न्यायद्वारा सबैभन्दा तल परेका जनतालाई कसरी सम्बोधन गर्ने चिन्ता र चासोका कारणले म निरन्तर त्यसमा पहलकदमीमा छु।
उनले १२ बुँदे समझदारी र शान्ति सम्झौताका प्रमुख सहयात्रीहरु आज निकै गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए।