जुवातास खेलिरहेको अवस्थामा काठमाण्डुको शान्तिनगरबाट सात जाना पक्रउ

काठमाण्डु टुडे २०८० जेठ १३ गते १९:०९ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ- काठमाण्डु महानगरपालिका ३१ शान्तिनगरस्थित सुनसरी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई शुक्रबार साँझ पक्रउ गरेको छ।

पक्रउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय ओमकार कार्की सहीत अन्य सात जाना रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ६ सय १५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us