प्रधानमन्त्रीको प्रश्न : अघिल्लो सरकारको नीति तथा कार्यक्रम यो भन्दा गुणात्मक थियो र ?

काठमाण्डु टुडे २०८० जेठ १३ गते १८:५८ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको नीति तथा कार्यक्रम परम्पराभन्दा भिन्न ढंगले ल्याउने प्रयास गरेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रम सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताए। उनले भने–‘म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । कैयौँ आधारभूत कुराहरू पोहोर साल, परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो ।

यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ बिलकुल ठिक आयो । हामीले ल्याएको जस्तै आयो ।

हामीले यस्तै ल्याउँथ्यौँ, अहिलेको सरकारले पनि त्यस्तै ल्यायो भनेर समर्थन गर्नुपर्ने मैले देख्छु ।’प्रधानमन्त्री प्रचण्डले यो अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेभन्दा गुणात्मक थियो र भन्दै प्रश्न समेत गरेका छन् ।

उनले कयौँ कुराहरू कर्मकाण्डी रहेको उल्लेख गर्दै गत सालतिरका सरकारले जस्तै ल्याएकाले आफैँले ल्याएकोजस्तो भनेर समर्थन गर्नुपर्ने बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us