पशुपतिनाथको जलहरीमा ओलीलाई जोड्नु उचित होइन :प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ १३ गते १७:३९ मा प्रकाशित

काठमाण्डु,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।

प्रचण्डले पशुपति नाथको जलहरीका अख्तियारमा निवेदन परि छानबिन भइरहेको कारण ओलीलाई जोड्नु उचित नभएको बताएका हुन। प्रतिनिधि सभाको बैठकमा बोल्दै जलहरी प्रकरणमा छानबिनमा सरकारले सहयोग गर्ने बताए।उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन।

यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रवार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us