संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ १३ गते १७:३३ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ- संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेका लागि तय भएको बैठक केहि ढिला गरी सुरू भएको छ।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिन पाएका थिएनन्।शनिबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर संसदको अवरोध हटाउनेबारे छलफल गरेका थिए।

बालुवाटार बैठकमा सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउने शर्तमा संसदको अवरोध हटाउन एमाले सहमत भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us