नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ १३ गते १६:४५ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

आज ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको र उक्त प्रकरण्मा सरकार जरासम्म पुग्न नसकेको बताएका हुन् ।

उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको बताए। प्रहरीले बयान लिन सम्म डराएका व्यक्तिहरूमाथि अव संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ ।

उनले नेपाली जनताले आफूहरुलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसद्मा पठाएको उल्लेख गरे । कुनै पनि भ्रष्टहरूको विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us