पूर्वराजालाई झलनाथको सुझाव-राप्रपाको अध्यक्ष बन्नुस्

काठमाण्डु टुडे २०८० जेठ १३ गते १६:०० मा प्रकाशित

काठमाण्डु,१३ जेठ- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका छन्।

आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा खनालले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै पूर्वराजालाई राप्रपाको अध्यक्ष बन्न वा अन्य कुनै पार्टी खोल्न सुझाव दिएका हुन्।‘

हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् ।

राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ उनले भने । कार्यक्रमा बोल्दै खनालले हिजो आन्दोलनमा ठूलो भूमिका खेलेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताए।

जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो,उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us