
काठमाण्डु,१३ जेठ- नेपाल विद्युत प्राधिकरणले पुन भारतमा विद्युत निर्यात सुरु गरेको छ ।
वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेखि भारततर्फ बिजुली बेच्न थालिएको बताएका छन।
उनका अनुसार प्राधीकरणले आन भारतलाई ६०० मेगावाट आवर बिजुली बेचेको छ। केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो ।
तर, अचानक वर्षायाम सुरु हुँदा नदीको वहाब बढिरहेको छ । यससँगै, ‘रन अफ दी रिभर’ आधारित आयोजनाबाट बिजुली उत्पादन बढेको छ ।