
काठमाण्डु,१३जेठ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति देउवाले उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका हुन ।
कार्यक्रममा बोद्यल्दै देउवाले प्रजातान्त्रिक पद्धतिमा देखिएका कमी कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताए । आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले, डराउनदैन पनि ।
कतिपय उचित आलोचनाहरु हुन्छन् । आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन् उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ उनले भने ।
उनले नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए