भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेला जस्तै अनुभव हुँदैछ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ १३ गते १३:११ मा प्रकाशित

काठमाण्डु,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन्।

आज प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेलामा मृत्युवरण गरी हामफालेको बताउँदै अहिले भ्रष्टाचारविरूद्ध पनि त्यस्तै अनुभव भएको बतएका छन ।

जनयुद्धका बेलामा जुन संकल्पका साथ हाम्फालेको थियो। अहिले विकृति र भ्रष्टाचारविरूद्धको लडाइँमा म त्यही मानसिकताका साथ हामफालेको अनुभव हुँदैछ,’ उनले भने, ‘जसरी जनयुद्ध सुरू गर्दा, लडाइँ सुरू गर्दा, हामीलाई को कति दिन बाँचिने हो, को कतिबेला मारिने हो भन्ने कुरा टुंगो छैन।

तर पनि मृत्युवरण गरी हामफालेका थियौं। अहिलेको यो लडाइँ त्यस्तै त्यस्तै छ।’कार्यक्रमा बोल्दै उनले अहिले सरकार चलाउन चुनौतीपूर्ण अवसर भएको पनि बताएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us