
काठमाण्डु ,१३ जेठ- तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने सहमती भइको छ ।
प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो। यसका साथै एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ ।
संसद सुचारु गराउन ठूला तीन दलका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री पुष्कपकमल दाहालले संसदमा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो । शुक्रबारको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध पछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।