
काठमाण्डु,१३ जेठ-प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थीयो। प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।