
काठमाण्डु ,१२ जेठ- सप्तरीको राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजगढ गाउँपालिका १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादव रहेका छन।
उनको विद्युतको पोलमा हुकिङ गर्ने क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।खेदकुद प्रतियोगितामा साउण्ड बजाउन स्कूलकै शिक्षकले विद्यार्थी पेशलानन्दलाई विद्युतको पोलमा हुकिङ गर्न भनेका थिए ।
उनले पोलमा सिधैं तार जोड्ने क्रममा करेन्ट लागेर घाइते उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लग्ने बित्तिकै मृत्यु भएको हो ।
विद्यार्थी पेशलानन्दलाई ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो । घटनाको बरे थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ।