नक्कली शरणार्थी प्रकरणमा फरार थप एकजना पक्राउ

काठमाण्डु टुडे २०८० जेठ १२ गते १५:३३ मा प्रकाशित

काठमाण्डु,१२ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनरहेकी छन। ।लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us