जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाण्डु टुडे २०८० जेठ १२ गते १४:५० मा प्रकाशित

काठमाण्डु,१२जेठ- डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाण्डुमा सुरु भएको छ।

काठमाण्डुको कोटेश्वरस्थित होटेल तपोवनमा बैठक सुरु भएको हो। बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको छ ।

यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us