वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाण्डु टुडे २०८० जेठ १२ गते १४:३३ मा प्रकाशित

काठमाण्डु,१२ जेठ- जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले उनीहरुलाई ५० हजार घुस रकमसहित पक्रउ गरेको छ।

रंगेहात पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us