
काठमाण्डु,१२ जेठ-, रेशम चौधरीलाई आममाफी नदिन भन्दै टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्।
टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् ।
सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर रिहा गर्न लागेको भन्दै उनले निवेदन दीएकी हुन। सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर पाएपछी उनले निवेदन दीएकी हुन।
निवेदनमा तीन तहको अदालतले निरूपण गरिसकेको बिषयलाई राजनीतिको खास्टो ओढाएर माफी मिनाहा नदिन आग्रह गरेको उनले बताएकी छन।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटको माग राख्दै भएको प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बोहरासहित ८ सुरक्षाकर्मी र एक बालक गरी ९ जना मारिएका थिए।
उक्त घटना रेशमले गरेको खुलेको थियो। रेशमलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल र सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएको छ। चैधरी हाल डिल्लीबजार कारागारमा छन।