
काठमाण्डु,१२ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणका प्रगतिवादीहरूको बयान सुरु भएको छ ।
शुक्रबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको थीयो। उक्तप्रकरणमा १६ जना पक्राउ गरिएको छ ।
उनीहरूलाई अदालतमा बयान गराइनेछ । १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ