रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

काठमाण्डु टुडे २०८० जेठ ११ गते १८:१३ मा प्रकाशित

काठमाण्डु ११ जेठ वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज सम्पन्न भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वासाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

जावलाखेलमा आज विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ।

अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्याइन्छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडु उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us